1. तत्व ( Element) : कुनै पदार्थलाई टुक्र्याएर नयाँ वस्तु बन्न सक्दैन् त्यस्तो पदार्थलाई तत्व भनिन्छ।
2. यौगिक ( Compound) : निश्चित अनुपातमा दुई वा दुईभन्दा बढी तत्वहरु बीच रासायनिक प्रतिक्रिया भई बनेको पदार्थलाई यौगिक भनिन्छ।
3. परमाणु ( Atom) ⚛️ : रासायनिक प्रतिक्रियामा भाग लिने तत्वको सबैभन्दा सानो कणलाई परमाणु भनिन्छ।
4. अणु ( Molecule) : तत्व वा यौगिकका सबै गुण यथावत् रहेको सबैभन्दा सानो कणलाई अणु भनिन्छ।
5. थिग्रयाउने ( Sedimentation ): पानीमा रहेका अघुलनशील पदार्थहरू भाँडोकाे पिँधमा जम्मा हुनुलाई थिग्रयाउने भनिन्छ।
6. निफन्ने क्रिया (Winnowing) : हावाको सहायताले हलुको र गह्रुङ्गो ठोस वस्तुको मिश्रणलाई छुट्याउने विधिलाई निफन्ने क्रिया भनिन्छ।
7. खन्याउने ( Decantation ) : ठोसलाई नचलाइकन पानीलाई एउटा भाँडोबाट अर्को भाँडोमा अलग गर्ने विधिलाई खन्याउने भनिन्छ।
8. छान्ने विधि (Filtration) : मसिनो प्वाल भएका वस्तुहरूद्वारा अघुलनशील पदार्थलाई तरल पदार्थबाट छुट्याउने विधिलाई छान्ने विधि भनिन्छ।
9. फिल्ट्रेट ( Filtrate) : मसिनो प्वालबाट छिरेर निस्केको तरल पदार्थलाई फिल्ट्रेट भनिन्छ।
10. रेसिड्यु (Residue) मसिनो प्वालबाट छिर्न नसकेको बाँकी रहेको पदार्थलाई रेसिड्यु भनिन्छ।
11. चाल्ने विधि (Sieving) : चालनीको सहायताले विभिन्न साईजका ठोसहरुकाे मिश्रणलाई छुट्याउने विधिलाई चाल्ने विधि भनिन्छ।
12. चुम्बकीय विधि (Magnetic Separation) : कुनै मिश्रणमा रहेका चुम्बकीय पदार्थहरुलाई चुम्बकको सहायताले छुट्याउने विधिलाई चुम्बकीय विधि भनिन्छ।
13. छुट्याने (Separation) : मिश्रणमा रहेका अवयवहरुलाई आपसमा अलग्याउने विधिलाई छुट्याने भनिन्छ।
14. वाष्पीकरण विधि (Evaporation) : घोललाई तताएर ठोस घुलित पदार्थलाई तरल घोलक पदार्थबाट छुट्याउने विधिलाई वाष्पीकरण विधि भनिन्छ।
15. आसवन क्रिया (Distillation) : मिश्रणमा भएको तरल अवयवलाई बाफमा परिवर्तन गरी पुनः चिस्याएर छुट्याउने विधिलाई आसवन क्रिया भनिन्छ।
16. सेन्ट्रिफ्युजिङ विधि (Centrifuging) : तरल र ठोसकाे मिश्रणलाई जोडले घुमाएर त्यसमा रहेका हलुका र गह्रौँ पदार्थलाई छुट्याउने विधिलाई सेन्ट्रिफ्युजिङ विधि भनिन्छ। वा पानीमा नघुल्ने गह्रौँ पदार्थ र हलुका पदार्थको मिश्रणमा पानी मिसाएर जोडले घुमाउँदा गह्रौँ पदार्थ पिँधमा र हलुका पदार्थ मुखतिर रहेर छुट्टिन्छन् । यस तरिकालाई सेन्ट्रिफ्युजिङ विधि भनिन्छ।
17. क्रोमाटोग्राफी (chromatography) : विभिन्न रङ्गीन पदार्थको मिश्रणबाट रंगहरू छुट्याउने विधिलाई क्रोमाटोग्राफी भनिन्छ।
