आफुलाई राम्रो बनाउनुहोस् !!
१• कम बोल्नुहोस् । काम गरेर देखाउनुहोस् ।
२• सबैभन्दा मिहेनती बन्नुहोस ।
३• सबैलाई सम्मान गर्नुहोस् ।खुट्टा उसैले तान्छ जसको हात मिलाउने औकात पनि हुदैन ।
४• आफ्नो काम समयमा'नै पूरा गर्नुहोस् ।
५• गाह्रो समयमा पनि काम गरिराख्नुहोस, बिचैमा काम नछोड्नुहोस्।
६• मान्छेहरुलाई मद्दत गर्नुहोस् ।
७• जसले तपाइँलाई राम्रो सल्लाह दिन्छ त्यस्ता मान्छेहरूलाई मात्रै साथी बनाउनुहोस् ।
८• बेकारको वेबसाईट ईन्टरनेटमा आफ्नो समय खेर नफाल्नुहोस्।
९• जहाँबाट राम्रो कुरा सिक्न सकिन्छ त्यस्तो स्रोतमा मात्रै समय बिताउनुहोस् ।
१०. अरुको बारेमा सकेसम्म नराम्रो नभन्नुस । यसले आफैलाई बेफाइदा गर्छ।
११. पटक पटक फोन तथा सन्देश पठाई कसैलाई पनि हैरानी नपार्नुहोस ।
१२. आफ्नो स्वास्थ्य, शिक्षा र काममा ध्यान दिनुहोस्।
१३. सधैँ दिमागमा सकारात्मक सोचाइ राख्नुहोस किनकी सकारात्मक सोचाइले स्मरण शक्ति बढाउँछ।
१४ .अर्काको खेदो खनेर खाडलमा हाल्न खोज्नेहरू आफैं एकदिन त्यहीँ खाडलमा परेर भासिन्छन् ।
१५. आफ्नो अधिकारको कुरा गर्दा कर्तव्यलाई पनि बिर्सनु हुँदैन ।
********
शुभ बिहानी ।
Tags
समान्य ज्ञान