महत्त्वपूर्ण GK प्रश्नोत्तरहरु
================

अन्तर्राष्ट्रिय न्यायालयका न्यायाधीशहरुको पदावधि कति बर्षको हुन्छ ?
उत्तर : ९ वर्ष ।

अन्तर्राष्ट्रिय न्यायालयको प्रधानकार्यालय कहाँ रहेको छ ?
उत्तर : द हेग नेदरल्यान्ड ।

अन्तर्राष्ट्रिय आमा दिवस कहिले मनाइन्छ ?
उत्तर : मे १० ।

UNESCO को प्रधान कार्यालय कहाँ रहेको छ ?
उत्तर : पेरिस , फ्रान्स।

मैले देखेको दरबार कृतिका लेखक को हुन ?
उत्तर : विवेक कुमार शाह ।

नेपाल र चिन बिच दौत्य सम्बन्ध कायम कहिले भयो ?
उत्तर : सन् १९५५ अगस्ट ०१

नेपाल संगै UNO को सदस्यता प्राप्त गर्ने सार्क राष्ट्र कुन हो ?
उत्तर : श्रीलंका ( सन् १९५५ डिसेम्बर १४)

" छुटेका अनुहार " कृतिका लेखक को हुन ?
उत्तर : रमेश सायन ।

सार्कको सचिवालय नेपालमा राख्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
उत्तर : पाकिस्तान ।

City of life भनेर कुन सहरलाई चिनिन्छ ?
उत्तर : पेरिस ।

हालसम्म जारी नोटहरुको कुल योगफल कति हुन्छ ?
उत्तर : १९६३ ।

सन् २०१९ मा नेपालले कति राष्ट्र संग दौत्य सम्बन्ध कायम गर्यो ? ( सम्भावित प्रश्न )
उत्तर : पाच वटा !

बलबाहु भनेर कसलाई चिनिन्छ ?
उत्तर : अरनिको ।

नेपालमा बजेट कार्यक्रमको सुरुवात कहिले देखि भयो ?
उत्तर : वि.स २०२६ ।

नेपालमा निर्मित प्रथम 3D चलचित्र कुन हो ?
उत्तर : भिजिलान्ते ।

जनगणना २०६८ अनुसार बाह्रमण जातीको जनसंख्या कति छ ?
उत्तर : १२.१८ % ।

महान्यायाधिवक्ता कसको मुख्य कानुनी सल्लाहकार हुन्छ ?
उत्तर : नेपाल सरकार ।

संघीय संसदमा कुल सदस्य सङ्ख्या कति रहने व्यवस्था छ ?
उत्तर : ३३४ जना ( २७५ + ५९ कुल ३३४ )

संविधान बमोजिम राष्ट्रपति हुनका लागि कति बर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ ?
उत्तर : ४५ बर्ष ।

ओजन तह सम्बन्धि अध्ययन गर्ने वैज्ञानिक को हुन ?
उत्तर : J. C . Farman.

नेपालले IUCN को सदस्यता कहिले प्राप्त गर्यो ?
उत्तर : सन् १९७३ ।

एजेन्डा -२१ के संग सम्बन्धित रहेको छ ?
उत्तर : वातावरण र विकास ।