अन्तर्वार्तामा सकिने नमूना प्रश्नहरु तथा उत्तर

अन्तर्वार्तामा सकिने नमूना प्रश्नहरु तथा उत्तर
~~~~~~~~~~~~~~~~~~~~~~
क)आफ्नो विचार दिने र समस्यामुलक प्रश्नहरु:
१) शिक्षण पेशा किन रोज्नु भयो ?
- शिक्षण पेशानै सबैभन्दा उत्तम पेशा हो । यसले मलाई आत्मा सन्तुष्ट मिल्छ किनकी शिक्षक नै सबै जनशक्ती को उत्पादक हो ।
२) विद्यार्थीहरु कक्षाकार्य गृहकार्य नगरेमा तपाईं के गर्नु हुन्छ ?
- कक्षाकार्य गृहकार्य नगर्नुको कारण पत्ता लगाई मैत्रीपुर्ण व्यवाहार द्वारा गृहकार्य गर्न प्रेरित गर्छु आवश्यक अनुसार मामला अध्ययन समेत गर्छु।
३) एकदमै ध्यान दिने ,सधै नियमित हुने विद्यार्थी परिक्षामा राम्रो नतिजा ल्याउदैन भने तपाईं के गर्नु हुन्छ ?
-मामला अध्यन गरी समस्या समाधान गर्छु।
४) तपाईले पढाउने विषयको पाठ्यपुस्तक उपलब्ध नभएको अवस्थामा तपाईं कसरी शिक्षण गर्नुहुन्छ?
-पाठ्यक्रमको सहयोग लिई प्रस्सत सामाग्री को प्रयोग गरी शिक्षण गर्छु
५) तपाईले पढाउने कक्षामा केही विद्यार्थी धेरै जान्ने छन र प्रयजसो विद्यार्थी एकदमै कमजोर छन भने तपाईं शिक्षण कार्यलाई कसरी अगाडि बढाउनु हुन्छ ?
- मिश्रित बसाइ ब्यवस्थान गरी जान्ने विद्यार्थीको सहयोगमा कमजोर विद्यार्थीलाई समेत सँगसँगै लिइजाने गरी शिक्षण गर्छु ।
७) तपाईं सिफारिस भएर जाने विद्यालयको शैक्षिक अवस्था एकदमै कमजोर छ, विद्यालय प्रशासन र विब्यस पनि निष्क्रिय छन,अन्य शिक्षकहरु पनि लापरबाही गर्छन, यस्तो अवस्थामा तपाईं के गर्नु हुन्छ ?
- प्रअ सँग छलफल गरी यस्तो हुनुको कारण पहिल्याई सबै सरोकारवालासँग छलफल गर्ने वातावरण मिलाई सुधारको योजना बनाई काम गर्न प्रअ लाई सुझाव र सहयोग गर्छु ।
८) विद्यालयमा पढाइ भैरहेको अवस्थामा अविभावक वा अन्य व्यक्ती मदिरा सेवन गरी हल्ला गर्दै आयो भने तपाईं के गर्नु हुन्छ ?
- प्र अ लाई जानाकारी गराउँछु ,विद्यार्थिको ध्यान त्यता जान नदिन रमाईला क्रियाकलाप गर्छु ।
९) तपाईंले पढाउदै गर्दा विद्यार्थी निदायो भने तपाईं के गर्नु हुन्छ ?
- निदाउनुको कारण खोजी रमाईला क्रियाकलापद्वारा कक्षालाई रुचिपुर्ण बनाउँछु ।
१०) तपाईले पढाइरहेको विषयमा अभिभावकबाट गुनासो (complain) आयो भने तपाईं के गर्नुहुन्छ ?
- सल्लाह लिएर आफ्नो कमजोरी भए सुधार्ने र उसले नबुझेर भए बुझाउने प्रयास गर्छु ।
११) सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि नहुनुको कारण के होला ?
- फितलो शैक्षिक नीति, अभिभावकहरुको विद्यालयमा कम चासो , शिक्षाकहरू आफुले तालिममा सिकेका कुरा कक्षामा लागू नगर्नु , निजि विद्यालयहरुको प्रभाव र भ्रामक विज्ञापन आदि ।
१२) माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने संविधानको व्यवस्थाको बावजुत निजि विद्यालयमा विद्यार्थीको चाप अत्याधिक छ, यसमा तपाइको बिचार के छ ? निजि विद्यालयको हकमा सरकारले के गर्नुपर्ला ?
- देसभरै एकैकिसिमका विद्यालय र शिक्षा हुनुपर्छ । निजिलाई बिस्तारै नाफाविहिन गुठीमा परिणत गर्नुपर्छ।
१३) अहिले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ गर्ने लहर नै चलेको देखिन्छ यसलाई के भन्नूहुन्छ ? के अंग्रेजी माध्यमले गुणस्तर सुधारमा सहयोग गर्छ त ?
- 'भाषा ' शिक्षणको माध्यम मात्र हो, कुनैपनि विषय बस्तुको ज्ञान लिन दोस्रो तेस्रो भाषा भन्दा मातृभाषा नै बढी प्रभावकारी हुन्छ । सिकाइ माध्यमबाट नभई विषबस्तुबाट बढी उत्तम हुन्छ।
१४) उदारकक्षोन्नती , निरन्तर मूल्याङ्कन प्रणाली र अक्षरांकन पद्धति जस्ता मूल्याङ्कन पद्धतिले पनि विद्यार्थीले पढ्ने बानी बिगाररेको भन्ने आवाज आउन थालेको भन्नमा सुनिन्छ, यसमा तपाईको विचार के छ ?
- यदाकदा यस्तो आवाज सुनिन्छ तर यो गलत बुझाइ हो । विद्यार्थीले सिकेका व्यवहारको मूल्याङ्कन दुई तीन घन्टाको परीक्षा र मापन अंकमा गर्नु उपयुक्त हुदैन। अहिलेका मूल्याङ्कन प्रणाली एकदम उचित छन् । केही विद्यालयले र शिक्षकले गरेका गलत प्रयोगले नराम्रो नतिजा आएको हुनसक्छ ।
१५) अन्तिम नतिजामा तपाई सिफारिस नभए के गर्नु हुन्छ ?
- पुन अर्को पटक प्रयास गर्छु ।
ख)तथ्यपरक उत्तर दिने प्रश्नहरु:
१) प्रावि तहमा सबैभन्दा उपयुक्त शिक्षण विधि कुन हो ?
- खेल विधि
२) बसाइ व्यवस्थापनमा प्रभाव पार्ने तत्वहरु केके हुन ?
- पाठको प्रकृति - विद्यार्थी संख्या - कोठाको आकार
३) पाठ्यपुस्तक निर्माणको मुख्य आधार के हो?
-पाठ्यक्रम
४)पाठयोजनाको मुख्य अंग के हो?
- उद्देश्य
५) शैक्षिक सामाग्री छनौट्को मुख्य आधार के हो ?
- शैक्षणिक उद्देश्य
६) शिक्षण विधि छनौटका आधारहररु केके हुन ?
- विषयको प्रकृति , पाठको उद्देश्य विद्यार्थी संख्या, सामाग्रीको उपलब्धता
७) शिक्षक निर्देशिका साधन हुन भने पाठ्यक्रम र पाठ्यपुस्तक केके हुन ?
- पाठ्यक्रम साध्य र पाठ्यपुस्तक साधन
८) पाठ्यक्रम निर्माणको मुख्य आधार के हो?
१०) पाठ्यक्रममा कति प्रकारका उद्देश्य समेटिएका हुन्छन ?
११)कस्तो अवस्थामा बहुकक्षा शिक्षण गरिन्छ ?
१२) विषय शिक्षणका दुइवटा फाईदा बताउनुहोस ?
ग)विषयगत प्रश्नहरु:
१) कुनै संख्यालाई सत प्रतिशत वृद्धि गरी पचास प्रतिसत घटाउदा पहिलाको संख्यामा कतिले फरक पर्छ ?
- फरक पर्दैन बराबर हुन्छ ।
२) पूर्व फर्केको मानिस २७० डिग्री घडीको दिसामा घुम्दा उसको दायाँ हात कुन दिसामा हुन्छ ?
-पुर्व दिशामा
३) १/३ लाई ०.५ ले गुणन गर्दा कति हुन्छ ?
- 1/6 वा 0.66
४) कोठामा राखेको A/C ,कुलर बाट किन पानी झर्छ ?
- हावामा भएको पानीको बाफ लाई A/C ले पानीमा परिणत गरेर
५) एक सेकेन्ड समय भनेको के हो ?
- सुर्य नतांस देखि नताम्ससम्म आईपुग्न लाग्ने समयको ८६४०० खण्डको एक खण्ड
छ) सुर्य ग्रहण किन औसिको दिनमा मात्र लाग्छ ?
- औँसीको दिनमा मात्रै सुर्य र पृथ्वीको विचमा चन्द्रमा पर्ने भएकाले
७) 'रुखको स्याउ नमीठो छ' यस वाक्यमा कतिवटा विशेषण शब्द छन?
- दुई वटा 'रुखको' र 'नमिठो
८) 'राम घर जाउ' यस वाक्यमा घर कुन कारक हो?
- अधिकरण कारक
९) ' तिमी अहिलै जाउ , म एकैछिनमा आईहालें । ' यो वाक्य कालगत रुपमा कस्तो वाक्य हो?
- कालगत विचलन भएको वाक्य
१०) ' The sun always rises in east. ' negative के हुन्छ?
११) Foolish को similar
All reactions:
107

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post