लोकसेवा_सफलताका_लागि_टिप्स :

 लोकसेवा_सफलताका_लागि_टिप्स :

=======================
- अध्ययन सामग्रीको खोजबिन गर्ने,
- पाठ्यक्रमअनुरूप र सोसँग सम्बन्धित अध्ययन सामग्री जुटाउने,
- राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, विभिन्न संसदीय समितिका प्रतिवेदन, प्रशासन सुधारका प्रतिवेदन संकलन गरी अध्ययन गर्न थाल्ने,
- बिबिसी नेपाली सेवालगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचार च्यानल सुन्ने, हेर्ने । महत्त्वपूर्ण घटनाक्रमको टिपोट गर्ने ।
- सम्बन्धित विषयका विद्वान्हरूको लेख तथा अन्तर्वार्ता पढ्ने, टिपोट गर्ने,
- अगाडिका परीक्षामा उत्तीर्ण भएकासँग छलफल गर्ने ।
- परीक्षा हुनुभन्दा कम्तीमा ६ महिना अघिदेखि नियमित तयारी गर्ने,
- पत्रपत्रिकाहरूमा प्रकाशित सम्बन्धित विषयको टिपोट गर्ने,
- इन्टरनेटमा पाठ्यक्रमअनुसारको विषयको अध्ययन गर्ने, टिपोट गर्ने ।
- पाठ्यक्रमअनुसारको नोटकापी बनाएर अलग–अलग विषय संग्रह गर्ने बानी बसाल्ने,
- उत्प्रेरित हुने, मनोबल कम गराउने गरी नसोच्ने, सकारात्मक सोच राख्ने,
- बिहान दुई घन्टा (४–६ बजेसम्म) दिनहुँ पढ्ने । त्यस्तै साँझ पनि दुई घन्टा पढ्ने ।
- एक घन्टा दैनिक रूपमा पढेका कुराहरू लेख्ने र सम्झन कोसिस गर्ने,
- कुर्सीमा बसेर टेबुलमा पढ्ने बानी बसाल्ने,
- एकाग्रताको विकास गर्ने,
- पढ्दाखेरि प्रत्येक एक घन्टामा १० मिनेटजति ब्रेक लिने
- दैनिक पढ्दा एउटै विषय मात्रै नपढी २–३ वटा क्षेत्र तथा विषय पढ्ने,
- ऐनामा हेरी विश्लेषण गर्ने बानी बसाल्ने,
- ठूलो नोट, मझौला नोट र संक्षिप्त नोट बनाउने,
- लेख्दै पढ्ने,
- मिल्ने, खुल्ने र जान्ने साथीसँग सहकार्य गर्ने
- शुद्ध र राम्रा अक्षरमा छोटो वाक्यमा लेख्ने,
- अवधारणा, सिद्धान्त, अभ्यासजस्ता विषयमा जानकारी राख्ने,
- प्रश्नले सोधेको मात्र उत्तर राख्ने,
- सम्बन्धित विषयवस्तुप्रति निश्चित अवधारणा राख्ने,
- दैनिक शान्त जीवन, निश्चित आम्दानीबाट चल्ने प्रबन्ध गर्ने,
- मैत्रीपूर्ण र हर्षपूर्ण पारिवारिक वातावरण बनाउने,
- सीप सिक्ने चाँजोपाँजो मिलाउने,
- धैर्य राख्ने, निरन्तर लगाब राख्ने,
- आत्मविश्वास कायम गर्ने,
- स्मरण शक्तिलाई तेज बनाउने उपायहरू अवलम्बन गर्ने,
- लेख्दा तथा अन्तर्वार्ता दिँदा ओजपूर्ण शब्दचयन गर्ने,
- समसामयिक उदाहरणसहित सटीक जवाफ दिने,
- मस्तसँग निदाउने बानी बसाई फ्रेस हुन प्रयास गर्ने ।

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post