#कसरी_पढ्ने_समसामयिक_घटना ?

 #कसरी_पढ्ने_समसामयिक_घटना ?

समसामयिक घटना तथा मुद्दाको व्यापकतालाई मध्यनजर गर्दै यसको तयारीका लागि एउटा वैज्ञानिक तरिका विकसित गर्न सकिन्छ जसअन्तर्गत निम्नलिखित तथ्यलाई ध्यानमा राख्नु आवश्यक छ ।
१. समसामयिक घटनाप्रति आफ्नो अभिरुचि विकसित गर्ने प्रयास गर्नुपर्छ । प्रत्येक दिन कुनै स्तरीय राष्ट्रिय समाचारपत्र पढ्ने अथवा टेलिभिजनमा समाचार हेर्ने बानी बसाल्नुपर्छ ।
२. राष्ट्रिय-अन्तर्राष्ट्रिय घटनालाई वर्गीकृत गरेर अध्ययन गर्नुपर्छ । उक्त घटनाअन्तर्गत विभिन्न राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवं खेलकुद आदिसँग सम्बन्धित जानकारीलाई व्यवस्थित गरेर हेर्नुपर्छ ।
३. कुनै पनि घटनाको तथ्यात्मक तथा अवधारणात्मक पक्ष बुझ्ने प्रयास गर्नुपर्छ ।
४. कुनै पनि घटनालाई त्यसको बहुआयामिक परिप्रेक्ष्यमा हेर्नुपर्छ । घटनाको सकारात्मक र नकारात्मक पक्षका साथसाथै राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं भौगोलिक पक्ष पनि बुझ्नुपर्छ ।
५. समसामयिक विषयका लागि सधैं प्रमाणित स्रोतलाई आधार बनाउनुपर्छ ।
६. समसामयिक घटनासँग सम्बन्धित प्रश्न कतिपय अवस्थामा मानचित्रमा पनि आधारित हुन्छन् । अत: कुनै घटना र त्यससँग सम्बन्धित भौगोलिक पक्षको अध्ययन पनि अनिवार्य हुन्छन् ।
समसामयिक विषयको वर्गीकरण :
*************************************
समसामयिक विषयको तयारीका लागि विविध विषयलाई अलग-अलग खण्डमा विभाजित गरेर त्यसको अध्ययन गर्नुपर्छ ।
१. राष्ट्रिय महत्त्वको विषय
- सरकारको नीति तथा त्यसका विभिन्न क्रियाकलाप
- न्याय व्यवस्था तथा न्यायालयको महत्त्वपूर्ण निर्णय
- राष्ट्रिय योजना आयोग
- विविध विषयसँग सम्बन्धित समिति तथा आयोगहरूको प्रतिवेदन
- क्षेत्रीय तथा स्थानीय गतिविधि
- चर्चित व्यक्तित्व
२. अन्तर्राष्ट्रिय महत्त्वको विषय
- नेपाल र विश्व तथा नेपालको विदेश नीति
- संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठन तथा एजेन्सी
- विभिन्न देशका अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र सम्मेलन
- सार्क गतिविधि
- अन्य वैश्विक सामाजिक-सांस्कृतिक गतिविधि
३. आर्थिक महत्त्वको विषय
- राष्ट्रिय बजेटको विविध पक्ष तथा त्यसका सामाजिक आर्थिक प्रभाव
- मुद्रा तथा बैंकिङसँग सम्बन्धित नीति- नियम एवं सुधार
- व्यापार तथा वाणिज्यसम्बन्धी सरकारी नीति
- विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा अन्य आर्थिक मञ्चका सम्मेलन
- अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन एवं गतिविधि
४. सामाजिक महत्त्वको विषय
- श्रम कानुन तथा सुधार, रोजगारी र गरिबी
- खाद्य सुरक्षा, मानव विकास, शिक्षा-संस्कृति, मिडिया, सामुदायिक विकास
- वैश्विक भ्रष्टाचार प्रतिवेदन, मानव विकास सूचकांक आदि ।
५. विज्ञान तथा प्रविधि
- सूचना प्रविधि, जैविक प्रविधि एवं अन्तरिक्ष विज्ञान
- विभिन्न अन्वेषण तथा आविष्कार
- स्वास्थ्य र पोषण, कृषि तथा उद्योग
६. पर्यावरणीय महत्त्वको विषय
- प्राकृतिक संरचना र विपद् व्यवस्थापन
- वन तथा जीव संरक्षण र पर्यावरणीय तथा पारिस्थितिकी सुरक्षा
- पर्यावरणसँग सम्बन्धित राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुन, सम्मेलन तथा सम्झौता आदि
७. खेलकुद
- प्रमुख खेल आयोजन, पुरस्कार
८. विविध
- शब्द संक्षेप, चर्चित पुस्तक, व्यक्तित्व तथा चर्चित स्थल
- प्रमुख दिवस र वर्ष, महोत्सव
- प्रमुख अभियान, शिक्षा-संस्कृति, दुर्घटना तथा अन्य महत्त्वपूर्ण तथ्य ।

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post