यी हुन् सिकारुको सिकाइमा प्रभाव पार्ने तत्वहरु
प्रभावकारी शिक्षण गर्न सिकारुको वृद्धि र विकास, प्रभाव पार्ने तत्वहरु, वैयक्तिक भिन्नताबारे आवश्यक जानकारीबारे शिक्षकले जानकारी लिनुपर्छ ।
त्यस्तै सिकाइमा प्रभाव पार्ने तत्वहरु जानेर त्यसका आधारमा पनि शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न आवश्यक हुन्छ । सिकारुको सिकाइमा प्रभाव पार्ने तत्वहरुको बारेमा विभिन्न विद्धानहरुले विभिन्न रुपमा प्रस्तुत गर्ने गरेको पाइन्छ ।
कतिपयले उत्प्रेरणा, , सम्वलन, अभ्यास तथा व्यक्तिगत र सामाजिक कारणलाई सिकाइमा प्रभाव पार्ने मुख्य तत्व मानेका छन् । भने कतिपयले व्यक्तिगत तत्व, मानसिक तत्व, संवेगात्मक तत्व र शिक्षकको व्यक्तित्व, विद्यालयभित्र र बाहिरको वातावरण र वशं परम्परा आदिलाई सिकाइमा प्रभाव पार्ने तत्वका रुपमा लिएको पाइन्छ । समग्रमा सिकाइमा पभाव पार्ने तत्वलाई निम्न रुपमा लिन सकिन्छ ।
१. व्यक्तिगत भिन्नता
२. मानशिक तत्व
३. सवेंगात्मक तत्व
४. वातावणीय तत्व
५. शिक्षकको व्यक्तिगत व्यवहार
६. वंशानुगत गुण
७. उत्प्रेरणा
८. अभ्यास र
९. सम्बलन
यी माथिका विभिन्न तत्वहरुले विद्यालय तहका सिकारुका रुपमा बालबालिकाको सिकाइमा प्रभाव पार्दछन् । ती तत्वहरु नै सिकाइमा प्रभाव पार्ने तत्व हुन् ।
Tags
शिक्षा सम्वन्धि
