कम्प्यूटर सम्बन्धित जानकारी

कम्प्यूटर सम्बन्धित जानकारी! १. कम्प्यूटरलाई नेपालीमा के भनिन्छ ? — सुसंख्या २. कम्प्यूटरको पिता कसलाई मानिन्छ ? — चार्ल्स बेबेज ३. विश्वको प्रथम इले​क्ट्रोनिक डिजिटल कम्प्यूटर कुन हो ? — एनीयक ४. नेपालमा पहिलो कम्प्युटर कुन र कहिले भित्रिएको हो ? — IBM 1401 र वि.सं.२०२८ ५. इन्टीग्रेटेड सर्किट (IC) को पिता को हुन् ? — ज्याक एस. किलबी ६. कम्प्यूटरमा प्रयोग हुने ‘IC चिप्स’ केले बनेको हुन्छ ? — सिलिकन ७. सी. पी. यू. को पूरा रुप के हो ? — सेन्ट्रल प्रोसेसिङ् यूनिट ८. कम्प्यूटर कम्पनी IBM को पूरा रुप के हो ? — इन्टरनेशनल बिजनेस मेशीन ९. नेपालमा सर्वप्रथम केको लागि कम्प्युटर ल्याइएको थियो ? — जनगणना १०. लभ बग के हो ? — कम्प्यूटर भाइरस ११. कम्प्यूटर व्यवसायको शिखर पुरुष बिल गेट्सको नाम कुन कम्पनी सँग सम्बन्धित छ ? — माइक्रोसफ्ट १२. NASSCOM को फुल फर्म के हो ? — नेशनल एसोसिएशन अफ सफ्टवेयर एण्ड सर्विसेज कम्पनीज १३. विश्वको प्रथम भर्चुअल समाचार वाचिका को हुन् ? — एनानोवा १४. कमजोर मानिसहरुको लागि विशेष रूपमा बनाएको कम्प्यूटर कुन हो ? — अल राइट १५. विश्वको सबभन्दा कम उमेरको वेब डिजाइनर को हुन् ? — अजयपुरी १६. विश्वको प्रथम महिला कम्प्यूटर प्रोग्रामरको श्रेय कसलाई जान्छ ? — एडा अगस्टा (अमेरीका) १७. भारतमा भेटिएको पहिलो कम्प्यूटर भाइरस कुन हो ? — सी ब्रेन १८. वाई टू के (Y2K) को समस्याले प्रभावित विश्वको एक मात्र देश कुन हो ? — जाम्बिया १९. ‘Y2K’ को विस्तृत रूप के हो ? — ईयर टू थाउजेन्ड २०. विश्व कम्प्यूटर साक्षरता दिवस कहिले मनाइन्छ ? — 2 डिसेम्बर २१. भारतमा निर्मित पहिलो कम्प्यूटरको नाम के हो ? — सिद्धार्थ २२. परम पदम के हो ? — सुपर कम्प्यूटर

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post