पहिलोपटक शिक्षक सेवा आयोगको अन्तर्वार्ता फेस गर्दै हुनुहुन्छ भने.....
१) अन्तर्वार्ता समितिमा ३ जना हुन्छन् ।
२) एक जना विषय विज्ञ हुन्छन् जसले तपाईंलाई तपाईं जुन विषयमा उत्तीर्ण हुनुभएको हो त्यो विषयसँग सम्बन्धित प्रश्न सोध्नेछन् । त्यसमा तपाई विज्ञ हुनुहुन्छ नै ।
३) समितिका अर्का सदस्यले तपाईंलाई ऐन, नियमावली सम्बन्धी प्रश्नहरु सोध्छन् । सरसर्ती तयारी गरेर जानुहोला ।
४) समितिका अर्का सदस्यले तपाईंलाई शिक्षणसँग सम्बन्धित कुराहरु सोध्छन् । जस्तै : शिक्षण विधि, शिक्षण गर्दा आइपर्ने समस्याहरु आदि ।
५) सकेसम्म स्मार्ट देखिनेगरी जानुहोला र प्रश्नहरुको सटिक मात्र उत्तर दिनुहोला ।
५) २५ मध्ये शैक्षिक योग्यताको ५–५ अङ्क हुन्छ । प्रथम श्रेणीको भए ३ अङ्क र दोस्रो भए २ अङ्क पाइन्छ । माथिल्लो शैक्षिक योग्यतामा प्रथम श्रेणी भए २ र दोस्रो भए १ अङ्क पाइन्छ ।
६) अनुभवको बढीमा ५ अङ्क हुन्छ । राहत कोटा र अस्थायी भए प्रति वर्ष ०.५ अङ्क पाइन्छ ।
७) अन्तर्वार्ताको १५ अङ्क मात्र हुुन्छ । जसमा ५.२५ भन्दा कम र १०.५ भन्दा बढी दिँदा टिप्पणी उठाउनुपर्ने हुन्छ । जुन अवस्था कमै आउँछ त्यसैले तपाईले अन्तर्वार्तामा ५.२५–१०.५ विचमा अङ्क पाउनुहुनेछ ।
सबैलाई हाम्रो तर्फबाट शुभकामना ।
Tags
शिक्षा सम्वन्धि
