लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. नेपालमा प्रथम ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ कहिले मनाइयो ?  वि.सं. २०७९ माघ १ – ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ यो दिवस मनाइएको । – नेपालमा जैविक विविधताअन्तर्गत देशको कुल २४,३०० प्रजातिमध्ये २८ प्रतिशत कृषिसम्बन्धी प्रजाति रहेका, जसलाई कृषि जैविक विविधता भनिन्छ । – सरकारले वि.सं. २०७९ का लागि ‘राष्ट्रिय कृषि जैविक विविधता’ वर्षका रूपमा मनाउने साथै हरेक वर्ष माघ १ गतेका दिन कृषि जैविक विविधता दिवस मनाउने निर्णय गरेको । २. स्वतन्त्र भारतको पहिलो मतदाता कसलाई मानिन्छ ?  श्यामशरण नेगी – बेलायतबाट भारत स्वतन्त्र भएपछि सन् १९५१ को अक्टोबर २५ मा भएको पहिलो निर्वाचनमा नेगीले मतदान गरेका । उनलाई भारतीय लोकतन्त्रको किंवदन्ती पनि भनिने । – उनी शिक्षण पेसामा आबद्ध थिए । – सन् १९१७ जुलाई १ मा किन्नौरमा जन्मिएका नेगीको सन् २०२२ नोभेम्बर ५ मा निधन भएको । ३. राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?  माघ १ – २०७९ को नारा – स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना । – वि.सं. २०७२ मा नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । ४. सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा को नियुक्त भएका छन् ?  राजेन्द्रसिंह रावल ५. कति वर्षको अन्तरालपछि हरियो रङको पुच्छ«ेतारा पृथ्वीको नजिक आएको हो ?  ५० वर्ष – सन् २०२३ जनवरी दोस्रो साताबाट यस पुच्छ«ेतारालाई अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको । – नेपालबाट पनि यस दुर्लभ हरित पुच्छ«ेतारालाई ध्रुवताराको समीपमा माघ महिनाको दोस्रो सातासम्म साँझ ७ बजेपछि अवलोकन गर्न सकिने समितिले जनाएको । – उक्त पुच्छ«ेतारा एउटा टाउको र दुईवटा (एउटा लामो र एउटा छोटो) पुच्छरका रूपमा देखिने । ६. बागमती प्रदेशको सभामुखमा को नियुक्त भएका छन् ?  राप्रपाका भुवन पाठक – २०७९ पुस २९ मा भएको मतदानमा एमाले–माओवादी–राप्रपा गठबन्धनका उम्मेदवार पाठकले ६२ मत प्राप्त गरेका । उनको विपक्षमा ३९ मत परेको । कुल ११० सदस्यीय प्रदेश सभामा १०९ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका । प्रदेश सभाका ज्येष्ठ सदस्यका रूपमा सभा सञ्चालन गरिरहेका रामप्रसाद ढुङ्गानाले मतविभाजन प्रक्रियामा सहभागिता नजनाएका । ७. विश्वव्यापी अर्थतन्त्रबारे विश्व बैङ्कद्वारा सन् २०२३ जनवरी १० मा सार्वजनिक प्रतिवेदनअनुसार आ.व. २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण छ ?  ५.१ प्रतिशत – रुस–युक्रेन युद्धबाट दक्षिण एसियाली अर्थतन्त्र प्रभावित हुँदा नेपालको अर्थतन्त्रमा पनि असर परेको विश्व बैङ्कको भनाइ रहेको । – चालू आ.व.मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ५.५ प्रतिशतमा सीमित हुने प्रतिवेदनमा उल्लेख रहेको । – दक्षिण एसियाली मुलुकमध्ये चालू आ.व.मा भारतले ६.९ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण रहेको । त्यस्तै बङ्गलादेशले ५.२, भुटानले ४.१ र पाकिस्तानले २ प्रतिशतको वृद्धिदर हासिल गर्ने विश्व बैङ्कको प्रक्षेपण रहेको । सन् २०२३ मा माल्दिभ्सले ८.२ प्रतिशतको वृद्धिदर हासिल गर्दा श्रीलङ्काको अर्थतन्त्र भने ४.२ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण रहेको । ८. नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्क एकआपसमा मर्ज भई एकीकृत कारोबारको सुरुवात कहिलेदेखि भएको हो ?  वि.सं. २०७९ पुस २७ – मर्जपश्चात् बैङ्कको नामकरण नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क भएको । – मर्जरपछि बैङ्कको कुल चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपियाँ, कुल पुँजी ५८ अर्ब रुपियाँँभन्दा बढी र कुल सम्पत्ति चार खर्ब ७१ अर्ब रुपियाँ पुग्ने । त्यस्तै कुल निक्षेप तीन खर्ब ६० अर्ब दुई करोड तथा कर्जा लगानी तीन खर्ब २९ अर्ब छ करोड रुपियाँ पुग्ने बैङ्कले जनाएको । ९. वि.सं. २०७९ पुसमा सम्पन्न पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?  लुम्बिनी अल स्टार्स (उपविजेता : विराटनगर सुपर किङ्ग्स) – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुस २७ मा भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले पहिलो संस्करणको उपाधि जितेको । – उपाधि चुमेको लुम्बिनीले ट्रफीसँगै ५० लाख रुपियाँ प्राप्त गरेको । त्यसैगरी उपविजेता बनेको विराटनगरले ३० लाख रुपियाँ, तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौँ नाइट्सले पाँच लाख रुपियाँ प्राप्त गरेका । – उपविजेता टोली विराटनगरका अलराउन्डर विदेशी खेलाडी हुसेन टलट सर्वोत्कृष्ट खेलाडी चुनिएका । १०. नेपालको आन्तरिक उडानमा हालसम्मको ठूलो हवाई दुर्घटना कहिले भएको हो ?  वि.सं. २०७९ माघ १ – काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ९ एन–एएनसी विमान पोखराको सेती खोँचमा दुर्घटना भएको । – जहाजमा ६८ यात्रु र चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार रहेकोमा सबैको मृत्यु भएको । – पुरानो विमानस्थल बन्द गर्दै तत्कालका लागि आन्तरिक उडान सुरु गरेको विमानस्थल सञ्चालनमा आएको हप्ता दिन नबित्दै यतीको विमान दुर्घटनामा परेको हो । काठमाडौँबाट पोखरा आएको विमान टेक अफको अनुमति पाइसकेको अवस्थामा पुरानो विमानस्थलदेखि करिब दुई सय मिटरको दूरीमा दुर्घटना भएको हो । – पोखरामा व्यावसायिक उडानअन्तर्गत भएको यो दोस्रो दुर्घटना हो । यसअघि २०५९ भदौ ६ गते साङ्ग्रिला एयरको ट्विनअटर दुर्घटन हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो । – नेपालमा उडानका लागि तुलनात्मक रूपमा सुरक्षित मानिने एटीआर विमान दुर्घटना भएको यो पहिलो र यती एयरलाइन्स समूहको ११औँ दुर्घटना हो । – युरोपेली सङ्घले लगाएको हवाई प्रतिबन्ध हट्ने अपेक्षा गरिएको बेला भएको यो दुर्घटनाले नेपाली आकाशको सुरक्षामा थप प्रश्न उठेको । ११. ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालनमा ल्याउने स्थानीय तह कुन हो ?  शिखर नगरपालिका (डोटी) १२. चितवनको नारायणी नदीमा नेपालको पहिलो क्रुजसिप (सानो पानीजहाज) सर्वसाधारणका लागि कहिलेदेखि खुला भएको हो ?  वि.सं. २०७९ माघ १ – नेपालमा व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो हो । – करिब दुई वर्षअघि नै क्रुजसिप निर्माण सम्पन्न भई परीक्षण गरिएको थियो । – एक पटकमा दुई सय जनालाई सेवा दिने गरी निर्माण भएको तीन तलायुक्त क्रुज एक सय फिट लम्बाइ र २५ फिट चौडाइको रहेको । – भरतपुर महानगरपालिका–१६, मङ्गलपुर, काभ्रेघाटबाट देवघाटसम्म सञ्चालनमा ल्याउने भनिएको सो क्रुज सिप हिउँदयाममा पानीको सतह कम भएकाले छोटो दूरीमा सञ्चालनमा आउने जनाइएको । – विवाह, पार्टी एवं अन्य कार्यक्रमसमेत गर्न मिल्ने गरी स्थान निर्माण गरिएको यस क्रुजमा यात्रा गर्ने यात्रुको १० लाख रुपियाँ बराबरको दुर्घटना बीमा गरिएको । १३. अमेरिकाको न्यु अर्लियन्समा सम्पन्न मिस युनिभर्स–२०२२ को उपाधि जित्ने सुन्दरी को हुन् ?  अमेरिकी सुन्दरी रबोनी ग्रावियल – प्रतियोगितामा भेनेजुयलाकी अमान्डा डुडामेल फस्ट रनर्सअप र डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज फ्युनियर सेकेन्ड रनर्सअप भएका । – ८० देशका सुन्दरीको सहभागिता रहेको मिस युनिभर्समा नेपालबाट सोफिया भुजेलले सहभागिता जनाएकी । १४. प्रभु बैङ्क र सेन्चुरी कमर्सियल बैङ्कबीच एकापसमा मर्ज भई एकीकृत कारोबारको सुरुवात कहिलेदेखि भएको हो ?  वि.सं. २०७९ पुस २६ – प्रभु बैङ्कले १ः१ को स्वाप अनुपातको समान हैसियतमा सेन्चुरीलाई प्राप्ति गरेको । – मर्जरपछि बैङ्ककोे चक्ता पुँजी २३ अर्ब ५२ करोड रुपियाँ पुग्ने । १५. मधेश प्रदेशको मुख्यमन्त्रीमा को नियुक्त भएका छन् ?  सरोजकुमार यादव (जसपा), २०७९ पुस २७ १६. विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कहिले स्वीकृत भएको हो ?  वि.सं. २०७६ भदौ २० – स्वीकृत गर्ने निकाय : नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय – वि.सं. २०७६ भदौ १९ गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई अन्तिम रूप दिई स्वीकृतिका लागि सिफारिस गरेको, – उक्त प्रारूप विद्यालय शिक्षाको पाठ्यक्रमसम्बन्धी मूल मार्गदर्शक दस्तावेज रहेको, – यसलाई विद्यालय शिक्षाको सुधारसम्बन्धी मार्गचित्रका रूपमा विकास गरिएको, – नेपालमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप पहिलो पटक वि.सं. २०६३ माघ २५ मा तयार गरी कार्यान्वयनमा ल्याइएको थियो । १७. हालै भारतमा भएको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जित्ने नेपाली अभिनेता को हुन् ?  प्रदीप खड्का १८. नेपालमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ?  माघ २ – वि.सं. २०७९ मा ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने आदर्श वाक्यका साथ २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको । १९. राष्ट्रिय शिक्षा नीति, २०७६ कहिले स्वीकृत भएको हो ?  वि.सं. २०७६ कात्तिक १८ – राष्ट्रिय शिक्षा नीति, २०७६ मा उद्देश्य : १३, रणनीति : ३३, नीतिगत क्षेत्र : १३, नीति : ५५ रहेका । – राष्ट्रिय शिक्षा नीति कार्यान्वयनमा सङ्घको जिम्मेवारी : ११, प्रदेशको जिम्मेवारी : १५, स्थानीय तहको जिम्मेवारी : २७ रहेका । दूरदृष्टि : ‘शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति; सामाजिक न्याय, रूपान्तरण र समृद्धि ।’ लक्ष्य : सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकताअनुरूपको मानव संशाधन विकास गर्ने । २०. शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षक सेवा आयोगका काम, कर्तव्य र अधिकार कतिवटा रहेका छन् ?  ७ वटा – शिक्षक सेवा आयोगका काम, कर्तव्य र अधिकारहरू – शिक्षकको स्थायी नियुक्ति तथा बढुवाका लागि सिफारिस गर्ने, – शिक्षकको नियुक्ति तथा बढुवाका लागि लिइने परीक्षाको पाठ्यक्रम निर्धारण गर्ने तथा परीक्षासम्बन्धी अन्य कार्य गर्ने, – विद्यालयमा अध्यापन गर्न चाहने व्यक्तिलाई अध्यापन अनुमतिपत्र दिने, – अध्यापन अनुमतिपत्रका लागि लिइने परीक्षाको पाठ्यक्रम निर्धारण गर्ने तथा परीक्षासम्बन्धी कार्य गर्ने, – उजुरी परेको अवस्थामा बाहेक नतिजा प्रकाशन भएको एक वर्षपछि परीक्षासम्बन्धी कागजात धुल्याउने, – शिक्षकको सेवा, सर्त र सुविधासम्बन्धी विषयमा मन्त्रालयलाई सुझाव दिने, – ऐन वा यस नियमावलीबमोजिम आयोगले गर्नुपर्ने कामकारबाहीको विषयमा निरीक्षण तथा जाँचबुझ गर्ने ।

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post