आज शहीद दिवस..... ४ शहीद बारे जानीराखौ
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
★शुक्रराज शास्त्री
⇨चार शहीदमध्येका पहिलो शहीद
⇨जन्म वि.सं. १९५०
⇨फाँसी दिइएको १९९७ माघ १० गते, टेकु पचलीको खरीको रुखमा झुण्ड्याईएको
⇨उनी “जय नेपाल” शब्दको प्रथम प्रयोगकर्ता हुन
⇨जनचेतना जगाउने भाषण गरेको अभियोगमा पक्राउ परेका थिए
⇨वि.सं. १९९४ मा शुक्रराज शास्त्रीको अध्यक्षतामा नागरिक अधिकार समिति गठन भएको थियो
★धर्मभक्त माथेमा
⇨जन्म वि. सं .१९६५ मा काठमाडौंको ओमबहालमा
⇨वि.स.१९९७ माघ १२ फाँसी दिईएको थियो
⇨ सिफलको बकाइनाको रुखमा झुण्ड्याइएर
⇨धर्मभक्त माथेमा शारीरिक सुगठनका बंगाल च्याम्पियन हुन्
⇨ उनी त्रिभुवनका व्यायाम प्रशिक्षक थिए
⇨धर्मभक्त माथेमालाई राजद्रोहको अभियोगअभियोग लगाइएको थियो
★गंगालाल श्रेष्ठ
⇨उनी चार सहिदमध्ये सबैभन्दा कान्छा शहीद हुन
⇨गंगालाल श्रेष्ठको जन्म वि.सं. १९७५ (रामेछाप) मा भएको
⇨गंगालाल श्रेष्ठलाई वि.स.१९९७ माघ १४ मृत्युदण्ड दिईएको (शोभा भगवतीमा गोली हानी)
⇨उनलाई राणा विरोधी पर्चा छर्दा पक्राउ परेका थिए
★दशरथ चन्द ठकुरी
⇨ “शहीद माइला” उपनामले चिनिने
⇨जन्म वि.सं. १९६० मा भएको
⇨वास्तविक नाम शेरबहादुर चन्द हो
⇨जन्म बैतडी जिल्लामा भएको थियो
⇨दशरथ चन्दलाई देशद्रोह को आरोप लगाइएको
⇨गोली हानेर (१९९७ माघ १४) मृत्युदण्ड दिइएको थियो
Tags
नेपालको इतिहास
